प्रतिनिधि सभाको बैठक दुई घण्टा पछि सर्यो
काठमाडौं । प्रतिनिधि सभाको बैठक बुधबार निर्धारित समयभन्दा दुई घण्टापछि सरेको छ।
यसअघि बिहान ११ बजेका लागि तय गरिएको बैठक विशेष कारणवश स्थगित गरी दिउँसो १ बजेका लागि सारिएको संघीय संसद् सचिवालयले जनाएको छ।
महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनाअनुसार सभामुखको निर्देशनमा बैठकको समय परिवर्तन गरिएको हो।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रिय मानव अधिकार आयोगको अठारौँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ।
यसैगरी व्यवस्थापन कार्य अन्तर्गत अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
यस्तै, युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम सङ्गठनसँग सम्बन्धित दुई विषयहरू पेस गर्ने कार्यसूची रहेको छ ।
प्रकाशित मिति: ३१ असार २०८३, बुधबार










