प्रचण्ड तीनदिने भ्रमणका लागि श्रीलंका प्रस्थान



काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल तीनदिने भ्रमणका लागि बुधबार श्रीलंका प्रस्थान गरेका छन्।

उनका स्वकीय सचिव गोविन्द आचार्यका अनुसार प्रवासी नेपालीले आयोजना गरेको कार्यक्रममा सहभागी हुन प्रचण्ड श्रीलंका गएका हुन्।

भ्रमणका क्रममा उनले विभिन्न भेटघाट तथा अन्तरक्रियामा पनि सहभागी हुने कार्यक्रम रहेको बताइएको छ।

प्रचण्डले यसअघि विराटनगरमा आयोजित पार्टीको कार्यक्रममा आफू श्रीलंका भ्रमणमा जाने जानकारी दिएका थिए।

प्रकाशित मिति: ३१ असार २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्