झाडीमा बेवारिसे अवस्थामा एक थान पेस्तोल फेला



गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिक–१० देउराली–सिमिचौर सडकखण्ड माथिको झाडीमा बेवारिसे अवस्थामा एक थान पेस्तोल फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार स्थानमा शंकास्पद वस्तु रहेको सूचना प्राप्त भएपछि प्रहरी निरीक्षक सुदीप नेपालीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रहरीले शंकास्पद वस्तुको सुरक्षित रूपमा जाँच गर्दा रातो फाइबरको झोलाभित्र पुरानो जस्तो देखिने एक थान पेस्तोल फेला पारेको जनाएको छ ।

उक्त पेस्तोल स्थानीय व्यक्तिहरूको रोहबरमा कानुनी प्रक्रिया पूरा गरी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीमा ल्याएर राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी ) वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए ।

भरुवा पेस्तोल त्यहाँ कसले, कहिले र किन छोडेको भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: ३२ असार २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्