एसीसी यू १९ महिला प्रिमियर कपमा नेपाललाई तेस्रो स्थान
काठमाडौं । इन्डोनेसियाविरुद्व नौ विकेटको सहज जित निकाल्दै नेपालले एसीसी यू–१९ महिला प्रिमियर कपमा तेस्रो स्थान हासिल गरेको छ ।
शनिबार मलेसियाको बायोमास ओभलमा इन्डोनेसियाले प्रस्तुत गरेको ६९ रनको लक्ष्य नेपालले १४।२ ओभरमा एक विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालका सान प्रविनले अविजित २५, सावित्री धामीले २४ र करुणा विष्टले अविजित १६ रन बनाए ।
त्यसअघि, टस जितेर ब्याटिङ रोजेको इन्डोनेसियाले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ६८ रनको योगफल तयार पारेको थियो ।
इन्डोनेसियाका डर्नी रम्बु बन्गीले ३४ र नी पटु डेवीले ११ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालकी मनिषा उपाध्यायले सर्वाधिक चार विकेट लिइन् । उनले चार ओभरमा मात्र सात रन खर्चिइन् ।
अनु कडायतले दुई तथा रचनाकुमारी चौधरी, तिर्सना विश्वकर्मा र कप्तान सोनी पाख्रिनले एक–एक विकेट लिए ।
सेमिफाइनलमा नेपाल यूएई तथा इन्डोनेसिया थाइल्यान्डसँग पराजित भएका थिए ।
प्रकाशित मिति: २ श्रावण २०८३, शनिबार







