कति छ तरकारीको मूल्य?



काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९आइतबार० लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

कालीमाटीमा आज केही तरकारीको भाउ थोरै घटबढ् हुँदा धेरैजसो तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।

कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ४०, सानो लोकल गोलभेँडा १२, रातो आलु लाम्चो ४३, भारतीय सुकेको प्याज ५४, लोकल गाँजर ९५, लोकल बन्दा ३०, स्थानीय काउली ७८, हाइब्रिड मुला २०, लाम्चो भन्टा ३४, डल्ले भन्टा ५० रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरि तनेबोडी ८०, मकै बोडी ५५, करेला ३५, लौका ५६, लोकल परबल ४५, घिरौँला ५३, हरियो डल्ले फर्सी ४३, पाकेको फर्सी ५५, कन्य च्याउ २४८, डल्ले च्याउ ४२५, कुरिलो ३५० रुपैयाँ प्रतिकिलो छ।

कालीमाटीमा हिजो ठूलो नेपाली गोलभेँडा ३८, सानो लोकल गोलभेँडा ९, रातो आलु लाम्चो ४५, भारतीय सुकेको प्याज ५४, लोकल गाँजर ९८, लोकल बन्दा ३०, स्थानीय काउली ७७, हाइब्रिड मुला २२, लाम्चो भन्टा ३५, डल्ले भन्टा ४५ रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरि तनेबोडी ८६, मकै बोडी ५४, करेला ३५, लौका ५५, लोकल परबल ३६, हरियो डल्ले फर्सी ४५, पाकेको फर्सी ५५, कन्य च्याउ २५५, डल्ले च्याउ ४५५, कुरिलो ३५० रुपैयाँ प्रतिकिलो थियो।

प्रकाशित मिति: ३ श्रावण २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्