बजेट कार्यान्वयनमा तीव्रता दिन अर्थमन्त्री वाग्लेको निर्देशन
काठमाडौँ, ४ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयका सचिव तथा पदाधिकारीलाई समयबद्ध रूपमा काम गर्न निर्देशन दिएका छन्।
अर्थ मन्त्रालयमा आइतबार आयोजित बजेट कार्यान्वयनसम्बन्धी बैठकमा उनले बजेटका कार्यक्रम र योजनालाई निर्धारित समयमै अघि बढाउन तथा कार्यान्वयनमा ढिलाइ हुन नदिन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।
बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट, अर्थ सचिव घनश्याम उपाध्याय तथा पूर्वाधार विकास, उद्योग, वाणिज्य, कृषि, स्वास्थ्य, शिक्षा, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, श्रम, महिला, बालबालिका, गृह र रक्षा मन्त्रालयका सचिवहरूको सहभागिता रहेको थियो।
नयाँ आर्थिक वर्ष साउन १ गतेदेखि सुरु भएसँगै बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन अर्थ मन्त्रालयले आवश्यक समन्वय र अनुगमनलाई तीव्रता दिएको जनाएको छ।
प्रकाशित मिति: ४ श्रावण २०८३, सोमबार







