हस्तकला महासंघका प्रतिनिधिहरूसँग छलफल गर्दै प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन् ।

नेपालको हस्तकलाको विकास, विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११स्३० बजे छलफल कार्यक्रम तय गरिएको हो ।

छलफलमा नेपाल हस्तकला महासंघका अध्यक्ष रवीन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरणकुमार स्थापित, सल्लाहकार विकास रत्न ढाक्वा तथा शीर्ष निर्यातकर्ता महेश्वर श्रेष्ठ सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: ६ श्रावण २०८३, बुधबार