दाङमा निर्माणाधीन पानीको ट्यांकीभित्र दुई पुरुषको शव फेला



दाङ। दाङको तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित निर्माणाधीन पानीको ट्यांकीभित्र दुई पुरुषको शव फेला परेको छ।

मृतकहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय दाङको टोली घटनास्थल पुगेको छ।

उनीहरूको मृत्युको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ६ श्रावण २०८३, बुधबार