म्याग्दीमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
काठमाडौं। अविरल वर्षासँगै आएको बाढी र पहिरोले घर पुरिँदा म्याग्दीको बेनी नगरपालिका ३ भकिम्लीमा एक जनाको मृत्यु भएको छ ।
७० वर्षीय लालबीर छन्त्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर तिमिल्सिनाले बताए ।
उनकाअनुसार प्रहरी टोली पैदल यात्रा गरी घटनास्थलतर्फ गइरहेको छ । बाटो अवरुद्ध भएकाले सवारी चल्न सकेको छैन ।
प्रहरीकाअनुसार राति पहिरोले घर पुर्दा अन्य सदस्य बाहिर निस्किए पनि ७० वर्षीय लालबीर भित्रै पुरिएका थिए ।
‘उहाँलाई मृत अवस्थामा निकालेको भन्ने छ । स्थानीयसँग प्रहरीले सम्पर्क गर्दा यो सूचना आएको छ । ठाउँ ठाउँमा बाटो अवरुद्ध सवारी साधन नजाने भएकाले प्रहरी पुगिसकेको छैन । अब केही समयपछि पुग्छ,’ सूचना अधिकारी तिमिल्सिनाले भने ।
प्रकाशित मिति: ११ श्रावण २०८३, सोमबार







