प्रधानमन्त्री प्रचण्डले किन बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक ?


 


काठमाडौं, जेठ ९ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनसक्ने अनुमान भइरहेको बेला उनले आज मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।

विहान १० बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा प्रचण्डले राजीनामा दिने बारेमा छलफल हुन सक्ने अनुमान गरिएको छ । साथै बैठकले कांग्रेससँग भएको पूर्वसहमतिअनुसार पदबाट राजीनामा दिएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गर्नेबारेमा पनि छलफल केन्द्रीत हुने छ ।

त्यस्तै, सत्ता साझेदार दल र सरकारका कामको विरोध गरिरहेको नेकपा एमालेको कसरी सामना गर्ने भन्ने बारेमा पनि रणनीति बन्ने सक्ने स्रोतले जनाएको छ ।

प्रकाशित मिति: ९ जेष्ठ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्