‘चुनाव चिह्न हलो छोड्नु पराजयको कारण’


 


नगरकोट, जेठ ९

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर जबराले पहिलो चरणको निर्वाचनमा राप्रपाको चुनाव चिह्न ‘हलो’लाई छोडेर ‘गाई’मा जानु पराजयको कारण भएको बताउनुभएको छ ।

रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा नेता राणाले आगामी निर्वाचनका लागि पार्टीले उचित निर्णयका साथ चुनावी रणनीति अपनाउनुपर्ने बताउँदै देशमा तत्कालै संसदीय निर्वाचन पनि आवश्यक रहेको धारणा राख्नुभयो ।

उहाँले सरकारले ल्याउन लागेको बजेटको स्वागत गर्दै सरकारले नयाँ खालको कुनै आर्थिक कार्यक्रम नल्याउने र देशको नियमित खर्चका लागि बजेट आवश्यक भएको स्पष्ट पार्नुभयो ।

वरिष्ठ नेता राणाले केही दिनमै गठन हुने नयाँ सरकारमा राप्रपाले आफनो सहभागिता जनाउने जानकारी दिनुभयो । रासस

प्रकाशित मिति: ९ जेष्ठ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्