जेलबाट रिहा हुँदै अनिस खालिङ राई


 


यूएई, असार २०

पाकिस्तानी नागरिक हत्याको अभियोगमा यूएईमा जेल जीवन बिताईरहेका अनिस खालिङ राई जेलमुक्त imagesहुने भएका छन् । राई यसै साता जेलमुक्त भइ नेपाल फर्कने संभावना रहेको जानकारी प्राप्त भएको छ ।

पाकिस्तानी नागरिकको हत्या पश्चात यूएईको अदालतले मृत्युदण्डको सजाए सुनाएर केहि समय पश्चात अदालतले ब्लड मनि स्वीकार गर्ने फैसला गरेको  थियो । अनिस गत ३ बर्ष भन्दा बढी अलऐनको जेलमा कैदी जीवन बिताईरहेका छन्  ।

शुरु देखि नै अनिसको मुद्दामा नजिक रहेर सहयोग गरिरहेका गैर आवासीय नेपाली संघ यूएईका अध्यक्ष कृष्ण प्रसाद भुसालले दिएको जानकारी अनुसार स्थानीय प्रसासनले अनिसको सजाए अबधी पुरा भएको जनाएको छ । अनिस गत बिहिबार इबाद (कैदी रिहा बिभाग) गएका र त्यहाँबाट उक्त कुरा प्रष्ट भएको जानकारी आफुले प्राप्त गरेको भुसालले बताए ।उनका अनुसार अनिस यसै साता जेलबाट मुक्त भइ सोझै आबुधाबी बिमानस्थल हुँदै नेपाल अाउने सम्भावना रहेको छ ।

पाकिस्तानी नागरिकको हत्या अभियोगमा अनिस सन् २०१२ को फेब्रुअरीमा जेल परेका थिए । हत्या आरोप प्रमाणित भएपश्चात अनिसलाई यहाँको अदालतले मृत्युदण्डको सजाए सुनाएको थियो । जीवन रक्षाका लागि तत्पश्चात अनिसले गरेका अपिलमाथि सुनुवाई गर्दै अदालतले मृतकका परिवारलाई क्षतिपूर्ति बापत ३ लाख दिर्हाम (झन्डै ८६ लाख रुपैयाँ ) तिर्नुपर्ने फैसला गरेको थियो  ।

अनिसको जीवन रक्षाका लागि विश्वभरबाट आर्थिक सहयोग संकलन अभियान समेत चलाईएको थियो ।

प्रकाशित मिति: २० असार २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्