Deshko News
१६ आश्विन २०८०, मंगलबार

आयोगको निर्णयले २२ तहको निर्वाचन अनिश्चित, के भयो निर्णय ?



काठमाडौ, जेठ १२
सरकारले थप गरेका २२ स्थानीय तहमा निर्वाचन गर्न नसक्ने निर्णय निर्वाचन आयोगले गरेको छ ।

३१ जेठका लागि हुने ४६१ स्थानीय तहको निर्वाचनमा आयोगले पूर्ण तयारी गरेकाले थप तहमा तत्काल निर्वाचन सम्भव नभएको आयोगले बिहीबार सरकारलाई जानकारी गराएको छ ।

आयोगले मतदाता नामावली संकलन, मतदान केन्द्र तय गर्ने समस्या हुने बताएको छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार १५ र १६ जेठमा निर्वाचन अधिकृतको कार्यालय खोलिसक्नु पर्ने कार्यसूची छ । निर्वाचन अधिकृतको कार्यालय खोल्नुअघिसम्म सबै मतदाताको नामावली आवश्यक पर्ने शर्माको भनाइ छ ।

अहिले थपिएका २२ स्थानीय तहको वडाको सीमानाबारे नै प्रष्ट नभएकाले झनै समस्या भएको नयाँ पत्रिका दैनिकले लेखेको छ । निर्वाचन आयोगले थपिएका २२ स्थानीय तहमा ३१ जेठमा निर्वाचन गर्न नसक्ने बताएपछि ती तहमा तेस्रो चरणमा निर्वाचन गर्नुपर्ने भएको छ । निर्वाचन मिति भने सरकारले तोक्नेछ ।

प्रकाशित मिति: १२ जेष्ठ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News