Deshko News
१३ आश्विन २०८०, शनिबार

काठमाडौंमा विद्यासुन्दर भारी मतान्तरले अगाडि, वडामा कुन दलको बर्चश्व ?



काठमाडौँ, जेठ १२

काठमाडौँ महानगरपालिकाको प्रमुखका उम्मेदवार नेकपा (एमाले)का विद्यासुन्दर शाक्यले ५४ हजार ७८८ मत प्राप्त गरी अग्रस्थानमा हुनुहुन्छ ।

बत्तीस वडा रहेको यस महानगरमा २५ वडाको नतिजा सार्वजनिक भइसक्दा प्रमुख पदमा एमाले पहिलो र दोस्रोमा प्रमुख पदका उम्मेदवार काँग्रेसका राजुराज जोशीले ३८ हजार ७३८ मत प्राप्त गर्नुभएको छ ।

विवेकशीलका रञ्जु दर्शनाले २० हजार १९५ मत प्राप्त गर्नुभएको छ । साझा पार्टीका किशोर थापाले १५ हजार ६८९ र नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सर्वाेत्तम डङ्गोलले छ हजार ३९८ प्राप्त गर्नुभएको छ ।

त्यसैगरी, उपप्रमुख पदका लागि काँग्रेसका उम्मेदवार हरिप्रभा खड्गीले अग्रता कायम गरिरहनुभएको छ । उहाँले हालसम्ममा ५० हजार ३८५, राप्रपाका राजाराम श्रेष्ठले २९ हजार ८२९, माओवादी केन्द्रका सुशीला पौडेलले आठ हजार ५६३, साझा पार्टीका निरुपमा यादवले नौ हजार ९७५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

एक लाख ७२ हजार ६८३ मत खसेकोमा हालसम्म एकलाख ६७ हजार १४१ मत गणना भइसकेको छ । अहिलेसम्म १४ वडामा एमाले र ११ वडामा काँग्रेसले जित हासिल गरेको छ । अहिलेसम्म २५ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । रासस

प्रकाशित मिति: १२ जेष्ठ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News