Deshko News
१६ आश्विन २०८०, मंगलबार

तस्कर नियन्त्रणका लागि सीमा क्षेत्रमा यसरी हुँदैछ दुई देशको संयुक्त गस्ती



चितवन, जेठ १२

नेपाल र भारतको सीमावर्ती क्षेत्रमा रहेका निकुञ्ज र आरक्षमा एकैसाथ गस्तीलाई व्यवस्थित बनाइने भएको छ ।

दुई देशका निकुञ्ज तथा आरक्षका प्रमुखसहित भारतको वाल्मीकि टाइगर रिजर्बमा बिहीबार सम्पन्न दुईदिने बैठकले एउटा देशमा तस्करी गरेर अर्काे देशमा लुक्ने तस्करलाई नियन्त्रणमा लिन र निरुत्साहन गर्न दुवै देशले संयुक्त रुपमा गस्ती अगाडि बढाउने सहमति गरेको हो ।

नेपालका चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्ष भारतको वाल्मीकि टाइगर रिजर्बसँग जोडिएका छन् । नेपालतर्फका बाघ गैंँडालगायत जनावर भारततर्फ र भारततिरबाट नेपालतर्फ पनि आउने जाने गर्छन् ।

बैठकमा नेपालका निकुञ्ज र आरक्षका तर्फबाट चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल तथा भारततर्फबाट वाल्मीकि टाइगर रिजर्बका फिल्ड डाइरेक्टर चन्द्र शेखरले नेतृत्व गर्नुभएको थियो ।

कँडेलका अनुसार दुई देशका अधिकारीबीच चोरी तस्करी नियन्त्रण गर्ने, सीमावर्ती निकुञ्जका बीचमा सूचना आदानप्रदान गर्ने, संयुक्त गस्ती अरु प्रभावकारी बनाउने, क्षमता अभिवृद्धि गराउने, फिल्ड भ्रमण संयुक्त रुपमा गर्ने, कुनै समस्या देखिएमा तत्काल न्यूनीकरणका लागि बैठक बस्ने, बाघको अनुगमन गर्नेलगायत विषयमा बैठकले समीक्षा गरेको छ ।

बैठकमा घडियाल गोही र गिद्धको संरक्षणका विषयमा दुई देशतर्फका निकुञ्ज र आरक्ष विगतमा झैँ संयुक्त रुपमा लाग्ने पनि निर्णय भएको छ । फिल्डस्तरमा हुने सूचना आदानप्रदानलाई चुस्तदुरुस्त बनाएर कामलाई सहजीकरण गर्ने विषयमा पनि छलफल भएको कँडेलले बताउनुभयो । रासस

प्रकाशित मिति: १२ जेष्ठ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News