Deshko News
१६ आश्विन २०८०, मंगलबार

यस वर्ष नेपालमा कम वर्षा हुने अनुमान



काठमाडौं, जेठ १३

यस वर्षको मनसुनमा नेपालमा कम वर्षा हुने अनुमान गरिएको छ । वैशाखको अन्तिम साता भुटानको थिम्पुमा बसेको मौसमसम्बन्धी विज्ञहरुको दसौं दक्षिण एसियाली दृष्टिकोण मञ्चले नेपालमा मनसुनको समयमा कम वर्षा हुने अनुमान गरेको हो ।

दक्षिण एसियाली दृष्टिकोण मञ्चले समग्र दक्षिण एसियाको मनसुनको हरेक वर्ष पूर्वानुमान गर्दै आएको छ ।
यस वर्ष पूर्वी, मध्य र पश्चिम नेपालमा औसत वर्षा हुने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका मौसमविज्ञ शान्ति कँडेलले जानकारी दिइन् । तर, मध्य पश्चिम र सुदूरपश्चिममा औसतभन्दा कम वर्षा हुने अनुमान छ । विगत ३० वर्षको मौसमको विश्लेषणका आधारमा यस वर्ष नेपालमा कम वर्षा हुने अनुमान गरेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रकाशित मिति: १३ जेष्ठ २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News