Deshko News
१६ आश्विन २०८०, मंगलबार

चार दिनमा भोजपुरका दुई क्याप्टेनको ज्यान गयो



काठमाडौं, जेठ १६

बाजुराको कोल्टीमा भएको नेपाली सेनाको विमानका चालक कैलास गुरुङको ज्यान गएको छ । कैलास गुरुङ भोजपुरको ट्याम्के मैयुङ गाउँपालिका २ छिनामखुका हुन ।

उनी नेपाली सेनाको महासेनानी थिए । ४२ बर्षिय गुरुङ शान्तिनगरमा बस्दै आएका थिए । गत शनिबार सोलुखुम्बुको लुक्लामा भएको गोमा एयरको विमान दुर्घटनामा ज्यान गुमाएका पारसकुमार राईपनि भोजपुरकै थिए।

चार दिनको अन्तरालभित्रभएका दुई विमान दुर्घटनामा भोजपुरले दुई पाइलट गुमाएको छ ।

गुरुङले २०६५ सालमा पहिलोपटक आफ्नो गृह जिल्ला भोजपुरमा नेपाली सेनाको हेलिकप्टरमार्फत गाडी पुर्‍याएका थिए ।

प्रकाशित मिति: १६ जेष्ठ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News