को थिए पाइलट कैलाश गुरुङ ?


 


काठमाडौं, जेठ १६
नेपाली सेनाका महासेनानी कैलाश गुरुङको हुम्लास्थित सिमकोटका लागि सुर्खेतबाट उडेको सेनाको स्काई ट्रक (जहाज) बाजुराको कोल्टी विमानस्थलमा दुर्घटना हुँदा मंगलबार दिउँसो ज्यान गएको छ ।

४७ बर्ष अघि पूर्वि नेपालको पहाडी जिल्ला भोजपुरको छिनामखु–४ घोरेनागी हालकोे ट्याम्के मैयुङ गाउँपालिका वडा नं २ मा गुरुङको जन्म भएको थियो ।

बाबु नरबहादुर गुरुङका चार छोरा र चार छोरी मध्ये कैलाश माइलो छोरा थिए । कक्षा ७ सम्म गाउँकै त्रिभुवन धर्माेदय माविमा अध्ययन गरेको गुरुङले एसएलसी अन्नपूर्ण माविबाट गरेका थिए ।

२०४६ सालमा सेकेन्ड लेफ्टिनेन्टबाट नेपाली सेनामा प्रवेश गरेका गुरुङ सैनिक हवाई महानिर्देशनालयमा विमान चालकका रुपमा कार्यरत थिए ।

उनी गीत संगीत र साहित्यमा उत्तिर्कै दख्खल राख्दथे । उनका थुप्रै गीतहरु एल्बमका रुपमा बजारमा छन् ।

पछिल्लो समय उनी जागीर छाड्ने मनस्थितिमा थिए । विशेषगरी उनको बढुवामा विभेद भएको बताईन्छ । यसका लागि उनले घरपरिवासँग पनि छलफल गरेका थिए । परिवारबाट पनि सहमति भएको बताईन्छ ।

उनकी श्रीमती पनि नेपाली सेनामै कार्यरत छिन् । कानुन विभाग अन्र्तगत इटहरीमा प्रमुख सेनानी पदमा कार्यरत छिन् ।

कैलाशका दुई छोरीहरु छन् । ठूली छोरी १२ बर्षकी छिन् । इटहरीबाट दिउँसो करिब चार बजे शान्तिनगरस्थित घर आइपुगेकी कैलाशकी धर्मपत्नी भावविह्ल अवस्थामा छिन् ।

ममीलाई के भएको, किन रुन भएको भनेर उनका नाबालक छोरीहरुले आफन्तलाई प्रश्न सोधिरहेका थिए । जवाफ कसैसँग थिएन ।

कैलाश बुधबारसम्मका लागि पश्चिम नेपालको उडान गर्न गएका थिए । साँझ ६ ः ३० बजे कैलाशको सव छाउनीस्थित नेपाली सेनाको अस्पताल ल्याइएको छ ।

लण्डनमा रहेका कैलाशका बुबा र अमेरिकामा रहेका दिदी आएपछि अन्तिम संस्कार गरिने परिवारजनले बताएका छन् ।

क्याप्टेन कैलाश गुरुङले यसरी पुर्‍याएका थिए भोजपुरमा गाडी

चार दिनमा भोजपुरका दुई क्याप्टेनको ज्यान गयो

बाजुरामा भएको सेनाको विमान दुर्घटनामा पाइलटको मृत्यु

बाजुराको कोल्टीमा नेपाली सेनाको विमान दुर्घटना

प्रकाशित मिति: १६ जेष्ठ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्