दक्षिण कोरियामा मोटरसाइकल दुर्घटनामा दुई नेपालीको मृत्यु


 


काठमाडौं, असार २१

मोटरसाइकल दुर्घटना हुँदा दक्षिण कोरियामा दुई नेपाली कामदारको मृत्यु भएको छ । ग्याङसाङ प्रदेशको होवाङसान भन्ने ठाउँमा हिजो बेलुका भएको मोटरसाइकल दुर्घटनामा स्याङजा बिरुवा अर्चले ६ का भिमसेन केसी र नवलपरासी सुनौल हर्दियाका रामबहादुर सिंजाली मगरको मृत्यु भएको हाम्रा सहकर्मी देबेन्द्र साम्बाहाम्फेले जनाएका छन् ।

नेपाल फर्किन लागेका साथीलाई बिदाइ गर्न ओक्सन पार्क जाँदै गरेका उनीहरु सवार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । रोजगार अनुमति प्रणाली ईपीएस बाट दक्षिणकोरिया पुगेका केसी र सिंजाली  एकै  कम्पनीमा कार्यरत थिए । केसीको शव सामसुङ अस्पताल र सिंजालीको शव छाम्यङ अस्पतालमा राखिएको छ ।

स्थानीय प्रहरीले घटनाको प्रारम्भिक प्रतिबेदन सोलस्थित नेपाली दूताबासलाई पठाई सकेको जनाएको छ ।

प्रकाशित मिति: २१ असार २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्