सुनको मूल्य बढ्यो, कति पुग्यो आज ?


 


काठमाडौं, जेठ २१
सुनको मूल्य बढेर आज ५५ हजार रुपैयाँ नाघेको छ। अस्ती शुक्रबार भन्दा ६ सय रुपैयाँले बढेर आज सुन प्रतितोला ५५ हजार २ सय रुपैयाँ पुगेको छ। अस्ती शुक्रबार सुन बजारमा प्रतितोला ५४ हजार ६ सय रुपैयाँमा कारबोबार भएको थियो।

त्यस्तै, आज चाँदी पनि महंगिएको छ। आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर ७ सय ७५ रुपैयाँ पुगेको छ। अस्ती शुक्रबार चाँदी प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यसवायी महासंघले जनाएको छ।

प्रकाशित मिति: २१ जेष्ठ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्