आठ महिना पछि शव अाउँदै


 


मलेसिया, असार २२

आठ महिना अघि मलेसियामा ज्यान गुमाएका एक नेपालीको शव मंगलबार नेपाल लगिन् भएको छ ।परिवार सँग सम्पर्क नहुँदा रुपन्देहिका दयाशंकर यादवको शव मलेसियामै अलपत्र परेको थियो ।

यादवकाे शव मलेसियामा अलपत्र परेको समाचार उज्यालो अनलाइनमा प्रकाशन भएपछि नेपालको पिएनसिसी भन्ने संस्थाले मृतकको परिवार पत्ता लगाएर नेपाल लैजान सहजिकरण गरेको हो ।
यादवको शव नेपाल लैजानका लागि दुतावासको अनुरोधमा मलेसियाका दुई नीजी कम्पनीले समेत सहयोग गरेका छन् ।  शव नेपाल पठाउँन लाग्ने ५ हजार मलेसियन रिङ्गेट हक चुङ सेङ फुनेरल र कास्केट कम्पनीले सहयोग गरेका हुन ।

यादव मलेसियाको इगल आइ सेक्यूरिटी कम्पनीमा काम गर्न गएपनि पछि कम्पनी छाडी अर्कै कम्पनीमा अबैधानिक रुपमा काम गर्दै आउनुभएको थियो । अस्पताल र प्रहरीले समेत यादवको शवलाई बुझ्न दुतावासलाई ताकेता गरेको थियो ।

नेपालमा आप्रवासी कामदारको क्षेत्रमा काम गर्दै आएको पिएनसिसीले सहयोग गरेपछि शवलाई नेपाल पठाउन सकिएको दुतावासले जनाएको छ ।

प्रकाशित मिति: २२ असार २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्