बढ्यो सुनको मूल्य, कति पुग्यो आज ?




काठमाडौं, जेठ २३
हिजोसम्म स्थिर रहेको सुनको मूल्य आज बढेको छ ।

आज सुनको मूल्य १ सय रपैयाँले बढेर प्रतितोला ५५ हजार ३ सय पुगेको छ । हिजो सुन बजारमा प्रतितोला ५५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य पाँच रुपैयाँले बढेर प्रतितोला ७ सय ८० पुगेको छ । हिजो चाँदी बजारमा ७ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: २३ जेष्ठ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्