सुनको मूल्य बढ्दै, कति पुग्यो आज ?


 


काठमाडौं, जेठ २४
हिजो मात्रै १ सय रुपैयाँले बढेको सुनको मूल्य आज थप ४ सय रुपैयाँले बढेको छ ।

आज सुनको मूल्य प्रतितोला ५५ हजार ६ सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ५५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । दुई दिनमा सुनको मूल्य पाँच सय रुपैयाँले बढेको छ ।

त्यस्तै, चाँदीको मूल्यमा भने आज कुनै फेरबदल भएको छैन । आज पनि चाँदी प्रतितोला ७ सय ८० रुपैयाँमै कारोबार भइरहेको छ । हिजो पनि चाँदी प्रतितोला सोही मूल्यमै कारोबार भएको थियो ।

प्रकाशित मिति: २४ जेष्ठ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्