Deshko News
१६ आश्विन २०८०, मंगलबार

अर्थमन्त्री कार्कीद्वारा पदबहाली



काठमाडौँ, जेठ २४

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज पदबहाली गर्नुभएको छ । मन्त्री कार्कीले पदबहाली गर्दै जनतालाई प्रत्यक्ष लाभ हुने तथा मुलुकको आर्थिक वृद्धि हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले अर्थ मन्त्रालय आफ्ना लागि नौलो मन्त्रालय भए पनि अत्यन्त मेहनतका साथ आर्थिक समृद्धिलाई नै मुख्य प्राथमिकता दिने बताउनुभयो ।

मन्त्रालयका सचिव शान्तराज सुवेदीले करिव २३ वर्षपछि मुलुकको आर्थिक वृद्धिदर सकारात्मक ढङ्गबाट अगाडि बढिरहेका सन्दर्भमा त्यसलाई अझै बढाउनेतर्फ मन्त्रालयको ध्यान केन्द्रित भएको बताउनुभयो ।

मन्त्रालयका राजस्व सचिव राजन खनाल र नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले मन्त्री कार्कीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।

प्रकाशित मिति: २४ जेष्ठ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News