पत्नी माइत गएको निहुँमा युवकद्वारा आत्महत्या


 


गौशाला(महोत्तरी), असार २२
महोत्तरीको मनरा गाविसमा एक युवकले आफ्नी श्रीमति माइत गएको निहुँमा झुन्डिएर आत्महत्या गरेका छन्। मृत्यु हुनेमा मनरा गाविस–७ बस्ने रामप्रगास साहका छोरा २९ वर्षीय अजय साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
तीन/चार दिनअघि पतिपत्नीबीच घरायसी विवाद भएपछि पत्नी साहलाई छाडेर माइती गएकोमा सोही निहुँमा साहले मंगलबार बिहान ५ बजे आफ्नै घरको धुरीमा साडीको पासो लगाई झुन्डिएर आत्महत्या गरेको प्रहरी निरीक्षक नरेश महतोले बताए। मृतक साहको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ। रासस

प्रकाशित मिति: २२ असार २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्