Deshko News
१६ आश्विन २०८०, मंगलबार

प्रदेश महासङ्घ आर्थिक रुपमा सशक्त हुन्छन्–पूर्वअध्यक्ष ढकाल



पोखरा, जेठ २७

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चण्डिराज ढकालले देशका सातवटै प्रदेशमा स्थापना भएका उद्योग वाणिज्य महासङ्घ आर्थिक रुपमा सशक्त हुने बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं – ४ को प्रथम सभाको आज यहाँ उद्घाटन गर्दै उहाँले केन्द्रको आम्दानीमध्येको ४० प्रतिशत प्रदेश उद्योग वाणिज्य महासङ्घका लागि छुट्टाइने जानकारी दिनुभयो ।

पूर्वअध्यक्ष ढकालले स्थानीय तहका निर्वाचित पदाधिकारीसँग सहकार्य गरेर स्रोत र साधनको अधिकतम परिचालनबाट मुलुकलाई आर्थिक समृद्धितर्पm अग्रसर गराउन महासङ्घले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

महासङ्घ प्रदेश नं– ४ तदर्थ समितिका संयोजक सञ्जीवबहादुर कोइरालाको अध्यक्षतामा भएको सो कार्यक्रममा महासङ्घका केन्द्रिय सदस्य दीपक लम्साल, निर्माणकुमार श्रेष्ठ, ध्रुव भारी, म्याग्दी उद्योग वाणिज्य महासङ्घका अध्यक्ष जीवन विश्वकर्मा र सहायक प्रमुख जिल्ला अधिकारी झलकराम सुवेदीलगायतले मुलुकको आर्थिक समृद्धि सबैको साझा दायित्व भएको बताउनुभयो ।

प्रदेश नं– ४ को नेतृत्वसमेत चयन गर्ने गरी आयोजना गरिएको सो सभामा यस प्रदेश अन्तर्गतका १७ जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष र प्रतिनिधिको सहभागिता छ ।

प्रकाशित मिति: २७ जेष्ठ २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News