कारको ठक्करले प्रहरी जवान ठहरै


 


धनगढी, असार २४

इलाका प्रहरी कार्यालय भजनी कैलालीमा कार्यरत प्रहरी जवान रतनलाल ऐरीको गएराति नम्बर नखुलेको कारको ठक्करबाट ज्यान गएको छ ।

कामको सिलसिलामा बाँके गएका प्रहरी जवान ऐरी चढेको भे ४ प ९३९४ नम्बरको मोटरसाइकललाई कोहलपुरमा कारले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

ठक्करबाट घाइते ऐरीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो । बाजुरा जिल्ला बादु गाविस घर भएका ऐरीले विसं २०६१ मा नेपाल प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो । रासस

प्रकाशित मिति: २४ असार २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्