किन सर्यो कांग्रेस महाधिवेशन ?


 


काठमाडौं, असार २५

नेपाली काग्रेसका १३औं महाधिवेशन एक साता सरेको छ । यसअघि भदौको २४ देखि २८ सम्म राजधानीमा हुने भनिएको महाधिवेशन असोज २ देख ५ सम्म सम्पन्न गर्ने गरि मिति तय गरिएको हो । संविधानसभा भवन नयाँ बानेश्वरमा शुक्रवार बसेको केन्द्रिय समितिको आकस्मिक बैठकले महाधिवेशनको कार्यतालिका हेरफेर गरेको हो ।

काग्रेस केन्द्रिय कार्यालयका सचिव ऋषिकेश तिवारीले जानकारी दिएअनुसार संवधान निर्माणको प्रक्रियालाई ध्यानमा राखि महाधिवेशनको कार्यतालिका परिवर्तन गरिएको हो । नयाँ कार्यतालिका अनुसार नगर वडा, गाउ र नगर अधिवेशन भदौ १ गते सम्पन्न गर्ने, क्षत्रीय अधिवेशन भदौ ७ गते सम्पन्न गर्ने तथा जिल्ला अधिवेशन भदौ १० गते सम्पन्न गर्ने निर्णय भएको छ ।

प्रकाशित मिति: २५ असार २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्