अस्पतालमा सुत्केरी र अन्य बिरामी एकै ठाउँ


 


सल्यान, असार २६

जिल्ला अस्पताल सल्यानमा भर्ना भएका महिला तथा पुरुषका लागि छुट्टाछुट्टै कोठा नहुँदा बिरामी समस्यामा परेका छन् । विशेष गरी सुत्केरीलाई समस्या पर्ने गरेको छ ।

पूर्वाधार अभावका कारण जिल्ला अस्पतालले सबै प्रकारका बिरामीलाई एउटै भवनमा राख्दै आएको छ । १५ शैयाको अस्पतालमा भर्ना हुने बिरामीलाई एउटै स्थानमा राखिने गरिएको छ ।

जिल्ला स्वास्थ्य अस्पतालमा १५ बेड भए पनि २२ देखि २५ जनासम्म नियमित रुपमा विरामी हुने गरेकेा उने बताए । ‘एउटै भवनलाई बीचबाट आधाआधा गरेर विभाजन गरेका छौं’, डा. तिवारीले भने, ‘एकातिर सुत्केरी र एकातिर अन्य बिरामी तथा बीचमा नर्सिङ कक्ष राखेर गुजारा चलाएका छौं ।’

महिला र पुरुष बिरामी एकै ठाउँमा हुने भएकाले पर्दा लगाएर उपचार गर्नुपरेको उनले बताए । उपभोक्ता अधिकार अनुसन्धान मञ्च सल्यानका अध्यक्ष टेकराज शाहीले महिला र पुरुष बिरामी एकै ठाउँमा हुँदा महिलालाई धेरै समस्या परेकाे खबर अाजको नयाँ पत्रिका  दैनिकले छापेको छ ।

प्रकाशित मिति: २६ असार २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्