औषधिको मूल्य २० प्रतिशत कम हुने



काठमाडौं, असार २६

सरकारले बढी प्रचलनमा रहेका औषधिको खुद्रा मूल्य निर्धारण गर्दा २० प्रतिशतसम्म मूल्य कम हुने भएको छ ।

एउटै औषधिको मूल्य पनि उत्पादक कम्पनीअनुसार फरक-फरक भएपछि सरकारले बढी प्रचलनमा रहेका १८ र क्यान्सरलगायत दीर्घरोगका लागि चाहिने ७८ गरी ९६ प्रकारका औषधिको खुद्रा मूल्य तोकेको थियो । यसबाट बिरामी र परिवारलाई राहत मिल्ने भएको छ ।
राजपत्रमा सूचना प्रकाशित भएपछि उपभोक्ताले निर्धारित खुद्रा मूल्यअनुसार औषधि किन्न पाउनेछन् । एन्टिबायोटिक, उच्च रक्तचाप, मधुमेह, क्यान्सर, मिर्गौला, मानसिकलगायतका रोगका औषधिको खुद्रा मूल्य तोकिएको हो भन्दै अाजको कान्तिपुर दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News