Deshko News
१६ आश्विन २०८०, मंगलबार

नेपालगञ्ज उपमहानगरमा राप्रपाका धवलशम्सेर अग्रता लिँदै




नेपालगञ्ज, असार १६
नेपालगञ्ज उपमहानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशम्सेर राणाले अग्रता लिएका छन् ।

पछिल्लो मतगणनाअनुसार उनले ८८६ मत ल्याएका छन् । उनलाई ४५८ मत प्राप्त गर्दै माओबादी केन्द्रका उम्मेदवार दामोदर आचार्यले पछ्याइरहेका छन् ।

त्यस्तै, कांग्रेसका डा‍. सुरेशकुमार कनोडियाले ४५४ र एमालेका समशुद्दिन सिद्दिकीले २९९ मत ल्याएका छन् । उपमेयर पनि राप्रपाले नै अग्रता लिइरहेको छ ।

राप्रपाका मेयरका उम्मेदवार राणा २० वर्षअघि नेपालगञ्जकाे मेयर भइसकेका व्यक्ति हुन् । राप्रका केन्द्रीय उपाध्यक्ष समेत रहेका राणा तत्कालिन समयमा एमालेबाट मेयर बनेका थिए ।

प्रकाशित मिति: १६ असार २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News