मन्त्रीका छोराले अाफैले अाफैलाई किन गोली हाने ?


 


काठमाडौं, असार २७

पूर्वसहायक मन्त्री मुकुन्दबहादुर वस्नेतका छोरा मनिष बस्नेतले शनिबार निधारमा गोली हानी आत्महत्या गरे । काठमाडौंको रातोपुलस्थित घरमै शुक्रबार साँझ १२ बोरको बन्दुकले आफैंलाई गोली हानी आत्महत्या गरेका हुन् ।

बिनाशकारी भूकम्पपछि मानसिक अवस्था कमजोर बन्दै गएपछि परिवारले मनिषको हेरचाह गर्दै आएका थिए । भूकम्पपछि मानसिक समस्यामा रहेका २६ वर्षीय वस्नेत ‘आयो आयो’ भन्दै बर्बराउने गरेका उनको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

बस्नेतले यसअघि पनि आत्महत्या प्रयास गरेको प्रहरीले जनाएको छ । हातको नसा काटेर आत्महत्या प्रयास गरेका मनिषलाई परिवारले १० दिन अस्पतालमा उपचार गरी गत सोमबारमात्रै घर ल्याएका थिए ।

घर ल्याएपछि ‘मलाई डर लाग्यो, बन्दुक राख्नु पर्छ कि क्या हो’ भन्दै बाबु मुकुन्दसँग बन्दुकसँगै राख्न भनेका थिए । महानगरीय प्रहरी वृत्त कमलपोखरीका प्रमुख डिएसपी विनोद सिलवालका अनुसार मुकुन्दको घरमा पहिले देखि नै लाईसेन्सयुक्त १० बोरको हतियार राखेको पाइएको छ ।

मनिषले आत्महत्या गर्दा उनका बाबु मुकुन्द बाहिर थिए । पत्नी कल्पनासहित परिवारका अन्य सदस्य बरन्डामा बसिरहेका बेला बस्नेतले कोठा बन्द गरी गोली हानेर आत्महत्या गरेको प्रहरीको प्रारम्भीक अनुसन्धाबाट खुलेको छ ।
प्रहरी र स्थानीयबासीले उपचारका लागि ओम अस्पताल पुर्‍याएपछि उनको मृत्यु भएको थियो ।

अन्नपुर्णपोष्ट अनलाइनबाट

प्रकाशित मिति: २७ असार २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्