चितुवाको आक्रमणबाट बालिकाको मृत्यु


 


बैतडी, असार २८

बैतडीको तल्लोसोराड क्षेत्रमा चितुवाको आक्रमणबाट एक बालिकाको ज्यान गएको छ ।

आइतबार राति घरभित्र सुतिरहेको अवस्थामा उदयदेव–५ का शंकर साउदकी ६ वर्षकी छोरी ललिता साउदको चितुवाको आक्रमणबाट ज्यान गएको प्रहरीले जनाएको छ ।

वर्षेनी चितुवाको आक्रमण बढ्दै गएपनि प्रशासनले वास्ता नगरेको स्थानीय बासिन्दाको भनाई छ ।

प्रकाशित मिति: २८ असार २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्