६० हजार घुससहित दुई जना पक्राउ


 


काठमाडौं , असार २८

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहरी विकास तथा भवन निर्माण विभाग, विशेष भौतिक तथा पूर्वाधार क्षेत्र विकास आयोजनाका सव इन्जिनियर देवेन्द्रदेव श्रेष्ठसहित दुई जनालाई सोमबार घुस लिंदालिंदै पक्राउ गरेको छ । दुवै जनालाई अख्तियारको हिरासतमा राखिएको छ ।

ललितपुरस्थित महालक्ष्मीस्थान मन्दिरको पर्खाल निर्माण कार्य सम्पन्न भइसके पश्चात भुक्तानीका लागि जाँदा उपभोक्ता समितिका पदाधिकारीहरूसँग घुस माग गरिरहेको भन्ने उजुरीका आधारमा अख्तियारबाट खटिएको टोलीले आयोजनाको बबरमहलस्थित कार्यालय नजिकै रहेको मुलचोक रेष्टुरेन्टबाट श्रेष्ठलाई घूस रकमसहित पक्राउ गरेको छ ।

अख्तियारले श्रेष्ठसँगै रकम लेनदेनमा सहयोगीका रूपमा संलग्न भक्तपुर, कटुन्जे–८ का सरोज थापालाई ६० हजार रुपैयाँ रकमसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति: २८ असार २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्