गाउँलेको सहयोगमा छोरीलाई यातना दिएको भिडियो भाइरल भएपछि …


 



रुपन्देही, साउन ६
रुपन्देहीमा स्थानीय बासिन्दासंग मिलेर छोरीलाई बीच सडकमै यातना दिएको भिडयो भाइरल भएपछि प्रहरीले दोषीमाथि कारबाही थालेको छ ।
केही दिनअघि रुपन्देहीको मर्चवारस्थित सम्मरीमाई गाउँपालिका वडा नम्बर ६ डिहुलीका स्थानीय १९ वर्षीया मीना यादवलाई सार्वजनिकस्थलमै मीनाका परिवारका सदस्यसहित गाउँको ठूलो समूहले गम्भीर यातदान दिएको थियो ।

घटना भएको झण्डै दश दिनपछि गाउँलेसहित मिलेर युवतीलाई कुटपीट गरेको भिडियो भाइरल भएपछि प्रहरीले घटनामा संलग्नलाई कारबाही प्रक्रिया अघि बढाएको हो ।

सानै उमेरमा विवाह गरिएकी मीनाले स्थानीय युवनक दिनेश लोधसँग प्रेम गरेको भन्दै उनकै बाबु इन्नरसहित गाउँले सबै मिलेर निर्मम यातना दिएका थिए ।

महिलालाई गम्भीर यातना दिएको भिडियो सार्वजनिक भएपछि घटनामा संलग्न मीनका बाबु इन्नरलाई प्रहरीले पक्राउ गरेको छ । इन्नरसहित घटनामा संलग्नलाई पक्राउ गरी सार्वजनिक मुद्दा चलाउने तयारी गरिएको मर्चवार प्रहरीले जनाएको छ ।

 

 

प्रकाशित मिति: ६ श्रावण २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्