परिवारका चार जनाको मृत्युबारे सीआईबीले थाल्यो अनुसन्धान


 


काठमाडौं, ७ साउन

एकै परिवारका चारजना मृत फेला परेको घटनामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)को टोलीले अनुसन्धान थालेको छ ।

डिएसपी अरुण पौड्याल नेतृत्वमा चिकित्सकसहितको टोलीले घटनास्थल पुगेर अनुसन्धान थालेको हो । मृतकका आफन्त र स्थानीयबासीले घटना शंकास्पद भएको भन्दै शव उठाउन नदिएपछि पोस्टमार्टम पनि हुन सकेको छैन ।

घटनास्थलमा स्थानीयको निकै घुइँदो बढेको छ । शुक्रबार बनेपा पुरानो बसपार्कस्थित गौतम भोजनालयमा एकै परिवारका चारजना मृत फेला परेका थिए ।

३२ वर्षीय राजाराम दाहाल, उनका ६५ वर्षफय बाबु हरिभक्त, ६० वर्षीय आमा हरिमाया, २५ वर्षीय बहिनी रञ्जना होटलमा नै मृत अवस्थामा फेला परेका हुन् ।

कोठाको ढोक भित्रैबाट बन्द गरिएको अवस्थामा उनीहरुलाई फेला पारिएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार घटनास्थलमा सेलफस नामको विषको डब्बा पनि फेला परेको थियो ।

प्रकाशित मिति: ७ श्रावण २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्