Deshko News
९ आश्विन २०८०, मंगलबार

राष्ट्रपति सी जिन पिङको निमन्त्रणामा ओली चीन प्रस्थान



काठमाडौं, साउन ७

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चिनिया राष्ट्रपति सी जिन पिङको निमन्त्रणामा चीन प्रस्थान भएका छन् ।

एमाले स्रोत्रका अनुसार चिनिया कम्युनिष्ट पार्टीका बरिष्ठ नेताहरुसँग ओलीले दुई पक्षीय हितका बारेमा छलफल गर्ने छन् ।

२०७३ चैतमा ओली प्रधानमन्त्रीको हैसियतमा चीन भ्रमणमा जाँदा नेपाल र चीन वीचमा भएका दुई पक्षीय हितका सम्झौता कार्यान्वयन नभएको अवस्था र बर्तमान कांग्रेस माओवादी केन्द्र गठबन्धनको सरकारका बारेमा ओली र चिनिया नेताहरु वीच छलफल हुने बताईएको छ । ओली र चिनिया नेताहरु वीचको भेट ल्हासा वा बेइजिङ जता पनि हुन सक्ने बताईएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अघिल्लो साता बैंककमा चिनिया र भारतीय प्रतिनिधिसँग भेटेर फर्किए लगत्तै एमाले अध्यक्ष चीन प्रस्थान गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रकाशित मिति: ७ श्रावण २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News