सचिवहरुले टेरेनन् प्रधानमन्त्रीको निर्देशन : खाल्डा कहिले पुर्ने ?



काठमाडौं, साउन ८
राजधानीका सडकका खाल्डा पुर्ने जिम्मेवारी पाएका उच्च अधिकारीहरु छलफलमै ब्यस्त भईरहेकाले प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएको समयसीमाभित्र सडकका समसया समाधान हुन कठिन हुने भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सरोकारवाला निकायका सचिवलाई गत आईतबार सडकका खाल्डा पुरेर ब्यवस्थित बनाउन निर्देशन दिएका थिए ।

तर प्रधामन्त्रीले निर्देशन दिएको एक सातासम्म पनि जिम्मेवार अधिकारीहरु छलफलमै ब्यस्त रहेकोले तोकिएको समयमा काम पुरा हुन नसक्ने देखिएको छ ।आजको नागरिक दैनिमा खबर छ ।

खाल्डा पुर्ने जिम्मेवारी पाएका खानेपानी तथा सरसफाइ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय हो। जिम्मेवारी पाएका सचिवहरू कार्यालयको बैंठकमै बस्नुपर्ने भएकाले काममा निस्कन नपाएको बताउँछन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News