माओवादी केन्द्रको जम्बो केन्द्रीय समिति विघटन, अब कति सदस्सीय हुन्छ ?




काठमाडौं, साउन ८
केन्द्रीय सचिवालयको विस्तारित बैठकमा जम्बो केन्द्रीय समिति विघटन गर्नुपर्ने आवाज उठेपछि माओबादी केन्द्रले केन्द्रीय महाधिवेशन आयोजक समिति बिघटन गर्ने निर्णय गरेको छ ।

शनिबार सम्पन्न माओवादी केन्द्रीय सचिवालयको बिस्तारित बैठकले राष्ट्रिय भेला मार्फत् दोहोरो अंक नबढ्ने गरी केन्द्रीय समिति बनाउने निर्णय गरेको छ ।

पार्टीको अर्को भेला अब दुई नम्बर प्रदेशको चुनावपछि राष्ट्रिय भेला आयोजना हुने माओवादी स्थायी समिति सदस्य बसन्त घर्तीले जानकारी दिए।

रामबहादुर थापा बादल, मातृका यादव, मणि थापा र तिलक परियार नेतृत्वको पार्टी तथा समूहसँग माओवादी एकतापछि २ हजार बढीको महाधिवेशन आयोजक समिति बनाइएको थियो ।

अब महाधिवेशन आयोजक समिति ९९ सदस्यीय भन्दा बढी अर्थात दोहोरो अंक नबढ्ने गरि बनाउने तयारी माओवादीले थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News