भोजपुर बालबालिका हत्या प्रकरण : स्थानीयबासी आन्दोलित



भोजपुर, साउन ११

भोजपुरको अरुण गाउँपालिकामा–३ प्याउलीमा गत असार १२ गते बिहान मृत अवस्थामा भेटिएका तीन बालबालिकाको घटनाको अनुसन्धान ढिला भएको भन्दै स्थानीय आन्दोलित भएका छन् ।

स्थानियले अनुसन्धानको प्रक्रियामा ढिलाइ भएको भन्दै गत शनिबार चक्काजाम गरेका थिए भने मंगलबार अरुण गाउँपालिकाभित्रका सबै कार्यालय ठप्प बनाएका हुन् ।

पीडित परिवारलाई क्षतिपूर्ति, दोषीलाई तत्काल पक्राउ गरी कारबाहीलगायतका मागसहित स्थानीय आन्दोलनमा उत्रिएको संघर्ष समितिका सदस्य इन्द्र फुँयालले बताउनुभयो ।

यता जिल्ला प्रहरी कार्यालय भोजपुरले घटनाको विषयमा तीव्ररुपमै अनुसन्धान गरिरहेको जनाएको छ । स्थानीय रवीन्द्र सापकोटाका १४ वर्षीय छोरा रञ्जित सापकोटा र चेतनाथ फुँयालका १३ वर्षीया छोरी सुष्मा फुँयाल तथा ८ वर्षीय छोरा प्रदीप फँुयाल म¥याङडाँडाको पोखरीमा मृतावस्थामा भेटिएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News