सिआइबीले थाल्यो भोजपुरको प्याउली घट्नाको अनुसन्धान



भोजपुर, साउन १४

मृत अवस्थामा भेटिएका तीन बालबालिका घटनाका विषयमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले अनुसन्धान शुरु गरेको छ ।

भोजपुर अरुण गाउँपालिकामा–३ प्याउलीका रवीन्द्र सापकोटाका १४ वर्षीय छोरा रञ्जित सापकोटा तथा चेतनाथ फुयाँलका १३ वर्षीया छोरी सुष्मा फुयाँल र ८ वर्षीय छोरा प्रदीप फुयाँल म¥याङडाँडाको पोखरीमा गत असार १२ गते मृत अवस्थामा फेला परेका थिए ।

प्रहरी नायब उपरीक्षक दधीराम न्यौपाने नेतृत्वको टोलीले शुक्रबारबाट उक्त घटनाको अनुसन्धान शुरु गरेको हो ।

उक्त घटनाका सम्बन्धमा यसअघि क्षेत्रीय प्रहरी कार्यलयले अनुसन्धान गरिरहेका थिए । अनुसन्धान ढिला भएको भन्दै स्थानीयवासी आन्दोलित भएपछि अब भने केन्द्रीय अनुसन्धान ब्यूरोले घटनाका विषयमा अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यलय भोजपुरका प्रहरी नायब उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

घटनाका सम्बन्धमा सत्य, तथ्य र यर्थात वाहिर ल्याउन तथा अनुसन्धान प्रभावकारी बनाउनका लागि दबाब दिने उद्देश्यले स्थानीयवासी आन्दोलनका विभिन्न कार्यक्रमसमेत सार्वजनिक गरेका छन् ।

अनुसन्धानलाई प्रभावकारी बनाउने हो भने आगामी सात दिनसम्म कुनै पनि विरोधका कार्यक्रम नगर्ने सघर्ष समितिका संयोजक राजकुमार खत्रीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News