पाँच वर्षीया बालिका करणी आरोपमा ८५ वर्षीय वृद्ध पक्राउ



गोरखा, साउन १९

पाँच वर्षीयालाई करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले पालुङटार नगरपालिका–५ का ८५ वर्षीय भीमबहादुर भण्डारीलाई आज पक्राउ गरेको छ ।

घरको कोठामा बालिकालाई फकाइफुलाई गरी बुधबार करणी गर्ने प्रयास गरेको पीडित बालिकाकी आमाको जाहेरीका आधारमा भण्डारीलाई पक्राउ गरी आज जबर्जस्ती करणी उद्योग मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको जिप्रका गोरखाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति: १९ श्रावण २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्