भोजपुरमा श्रीमती हत्याको आरोपमा श्रीमान प्रकाउ


 


भोजपुर, साउन २०
श्रीमती हत्याको आरोपमा भोजपुरमा एक जना प्रकाउ परेका छन् । भोजपुर नगरपालिका ६, देउरालीमा ४६ वर्षीया अम्बिका श्रेष्ठ राईको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ४७ वर्षीय श्रीमान नारादमणि राईलाई पक्राउ गरेको हो ।

मंगलबार राति एउटै कोठामा सुतिरहेको बेला श्रीमती अम्बिकाको मृत्यु भएको थियो । मृतक अम्बिकाको शरिरमा निलडाम भएकोले हत्याको आशंकामा श्रीमान नारादमणिलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ ।

हत्या भएको हो वा होइन भन्ने कुरा पोष्टमार्टम रिपोर्टपछि मात्र पुष्टि हुने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २० श्रावण २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्