सप्तरीमा बम विस्फोट, चार प्रहरी घाइते, भ्यानमा क्षति



राजविराज, साउन २२

अज्ञात समूहद्वारा सप्तरीको सुरुंगा नगरपालिका–६ स्थित भित्री सडकखण्डमा खाल्टोमा पुरेर राखेको प्रेसरकुकर बम विस्फोट हुँदा गएराति एउटा प्रहरी भ्यानमा क्षति पुगेको छ ।

इलाका प्रहरी कार्यालय कडरवनको बा१झ ७३९२ नं को भ्यानमा आंशिक क्षति पुगेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।

इप्रकाबाट गाउँतर्फ जाँदै गरेको सो भ्यान त्यहाँ पुगेपछि बम विस्फोट भएको थियो । त्यसमा सवार प्रहरी निरीक्षक राजेन्द्र यादवसहित चारजना सुरक्षाकर्मीसमेत घाइते भएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिनुभयो ।

उक्त भ्यानमा प्रहरी निरीक्षकसहित १२ जना प्रहरी सुरक्षाकर्मी सवार थिए । उनीहरुको लहानस्थित एक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनाको अहिलेसम्म कसैले पनि जिम्मेवारी नलिएको जिल्ला प्रहरी कार्यालय सप्तरीबाट जानकारी प्राप्त भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News