अरिङ्गालको टोकाइबाट बालकको मृत्यु



बाजुरा, साउन २३

बाजुराको बूढीगंगा नगरपालिका–२ नडाङ्गमा अरिङ्गालको टोकाइबाट आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका कर नेपालीका १३ वर्षीय छोरा रोशन नेपाली रहेको स्थानीयवासी देवराज पाध्यायले बताए ।

आइतबार घर नजिकैको वनमा गाईगोरु चराउन गएका बेला अरिङ्गालले टोकेपछि घरेलु उपचारका क्रम स्वास्थ्य संस्था लैजान नपाउँदै मृत्यु भएको पाध्यायले जानकारी दिए ।

अरिङ्गालको टोकाइबाट अन्य दुईजना घाइते भएका छन् । घाइते हुनेमा ६८ वर्षीया सुन्तलादेवी थापा र १२ वर्षीया सपनाकुमारी थापा रहेका छन् । घाइते भएका दुवै जनालाई उपचारका लागि ब्रह्मतोला स्वास्थ्य चौकीमा लगिएको छ ।

अरिङ्गालले गाई–गोरु–बाख्रालाईसमेत टोकेको बताइएको छ । मृतक बालक शिवशंकर प्राथमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News