दुई लाख घुससहित कर्मचारी पक्राउ


 


बनियानी (झापा), साउन २५

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रू दुई लाख घुस रकमसहित जिल्ला जनस्वास्थ्य कार्यालय झापाका एक कर्मचारीलाई पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा जिल्ला जनस्वास्थ्य कार्यालय झापाका ल्याब टेक्निसियन रामकुमार साह रहेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँ र अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरी सुनसरीका प्रहरी नायब उपरीक्षक रमेश बस्नेतको संयुक्त टोलीले स्वास्थ्य संस्था नवीकरणका लागि घुस लिँदै गर्दा उनलाई पक्राउ गरेको हो ।

‘स्वास्थ्य संस्था नवीकरण’ गरिदिन्छु भन्दै सेवाग्राहीसँग घुस लिँदै गर्दा उनलाई रङ्गेहात पक्राउ गरिएको प्रनाउ बस्नेतले बताउनुभयो । साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको पनि उहाँले बताउनुभयो ।

प्रकाशित मिति: २५ श्रावण २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्