प्याउली घटना अझै रहस्यमा, कहिले टुंगिन्छ अनुसन्धान ?



भोजपुर, साउन २५

गत असार १२ गते मृतावस्थामा भेटिएका तीन बालबालिकासम्बन्धि घटनाको अनुसन्धान अझै टुंगो लाग्न सकेको छैन ।

भोजपुरको अरुण गाउँपालिकामा–३, प्याउलीमा घटना भएको एक महिनाभन्दा बढी बितिसके पनि अनुसन्धान भने टुंगो लाग्न नसकेको हो ।

घटना भएको दिनदेखि जिल्ला प्रहरी कार्यालय, भोजपुर र क्षेत्रीय अनुसन्धान ब्युरो निरन्तर अनुसन्धानमा लागेपनि घटनाको रहस्य पत्ता नलागेको हो ।

अहिले केन्द्रीय अनुसन्धान ब्युरोबाट टोली खटिएर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो । अनुसन्धान सुस्त रहेको भन्दै स्थानीय भने आक्रोशित हुँदै आएका छन् ।

स्थानीय रवीन्द्र सापकोटाका १४ वर्षीय छोरा रञ्जीव सापकोटा र चेतनाथ फुयाँलका १३ वर्षीया छोरी सुष्मा र आठ वर्षीय छोरा प्रदीप फुयाँल गत असार १२ गते माछा पोखरीमा मृत भेटिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News