तैरिरहेको अवस्थामा बालकको शव फेला



खोटाङ, साउन २९

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने केपीलासगढी गाउँपालिका–४ बाक्सिलाका सात वर्षीय रोविन राई मृत फेला परेका छन् ।

साउन २३ गतेदेखि हराएका राई सोही गाउँपालिका वडा नं ५ स्थित तापखोलामा मृत फेला परेका हुन् । माछा मार्न गएका स्थानीयवासीले बालकको शव खोलाको पानीमा तैरिरहेको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेलमा ल्याइएको प्रहरीले जनाएको छ ।

साथीहरुसँग माछा मार्न गएका बालक ढुंगामा चिप्लिएर खोलामा बेपत्ता भएका थिए । बेपत्ता बालकको आफन्तले खोजी गरे पनि फेला पार्न सकेका थिएनन् । रासस 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News