संस्मरण : छालमा रुझेकी उ



सुरेश प्राञ्जली…[त्यही मेसोमा अर्पिताले आफ्नो ओठको लेप्चे लक्कीको गालामा स्टिकरझैं टाँसिदिई । भर्खर लगाएको आलो लिपिस्टिकको गाढा डाम बस्यो † हामीले थपडी बजायौं ]

वनगाउँ प्लेटफर्म । पश्चिम बंगाल ।
‘कफी, चाय…’ भन्दै एउटा आइपुग्यो ।
‘कफी खाऊँ है ?’ पम्पाले प्रस्ताव राखी । आफूलाई कस्तो तलतल लागिसक्यो ।
‘आगे टेस्ट करो ना, किरकोम आछे ?’ सिराजले भन्यो ।
‘स्ट्रङ आचे, इट क्यान बि कन्सिडरड्,’ पम्पाले सुरुप्प एक चुस्की तानेर भनी ।
सबैले कफी पियौं ।

‘ओए † रेलभित्रको एउटा बबाल फोटो खिच् त चन्दन,’ सिराजले भन्यो, ‘फेसबुकमा अपलोड गरिहाल्नुपर्छ ।’
‘तैले सम्झाइस् यार एउटा इन्टरनेट कार्ड किन्नु छ, नत्र त फेसबुक चलाउनै पाइँदैन,’ चन्दन प्लेटफर्मको कम्युनिकेसन सपतिर दौडियो ।
हाम्रो बग्गी टनाटन हुँदै थियो, बिस्तारै । केही बेरपछि साइरन बज्यो । अनि ट्रेन गुड्न थाल्यो ।
‘पम्पा कहाँ गई ?’ कसैले सोध्यो ।
‘ट्वाइलेट ।’ रानीले भनी । ऊ मेरो ठीक अगाडिपट्टि थिई । झ्यालतिर ।
पम्पा रिसाउ“दै आई अनि फ्यात्त जिउ छोडेर सिटमा थुचक्क बसी । अनि मुर्छै पर्ने गरी हाँसी । हामी वाल्ल प¥यौं ।
‘ह्वाट ह्यापेन्ड टु यु पम्पा ?’ लक्कीले ऊ हाँसेको देखेर सोध्यो ।
‘कुनचाहिँ कमिना रै’छ, लेडिज रेस्टरुममा छिरेर…,’ उसले भनी, ‘कमसेकम ढोका त लाउनुपर्छ नि…†’

‘….।’

सबै हाँसेर थाकेपछि वातावरण सामान्य बन्यो । रानी आइपोड निकालेर गीत सुन्न थाली । मैले पढ्दै गरेको परुल गोयलको नोबेल झिकें ।
‘ह्या, तिमोरु जहिले नि आ–आफ्नो पारामा मस्त हुन्छौ,’ केहीबेर पछि चन्दनले भन्यो,
‘जोक्स् भनम्, रमाइलो गरम् न यार । बुकसुक जहिले पढे नि हुन्छ, अनि गीतसित पनि जहिले सुने नि हुन्छ ।’
अलिअलि हाँसो गुन्जियो बग्गीमा ।
‘जोक्स् भन न त,’ मैले चन्दनलाई भनें ।
‘भेज कि ननभेज ?’ लक्कीले सोध्यो ।
‘जे भने नि अलि सेन्सर गरेर भन है,’ इशाले भनी, ‘सकेसम्म मसला कम भा’को ।’

फेरि पनि हाँसो गुन्जियो ।
‘मलाई त भोक लायो यार,’ अनामिकाले भनी, ‘केही खाम् न ।’
‘डोसा किरकम् आछे ?’ अर्पिताले बंगालीमै भनी ।
‘आमी कचौडी खाबो,’ चन्दनले भन्यो ।

‘…।’

०००

रेल आफ्नै गतिमा थियो । लिगसँग रेलका फलामे पांग्रा रगडिएको आवाज एकनासले आइरहेको थियो ।
‘हामी काँ आइपुगियो ?’ चुरोटको तलतलले मलाई कप्लक्क निलूँलाझैं गरेपछि मैले रानीसँग सोधें । ऊ पहिले पनि आइसकेकीले उसलाई अअिलि थाहा रै’छ ।
‘मेदिनीपुर,’ उसले उत्साहित हुँदै भनी,
‘गोआ अब दुई स्टेसन अगाडि पर्छ ।’

त्यसपछि केटीहरू कपाल कोर्न थाले । अनुहार, गर्धन, पाखुरा सबैतिर घस्न पर्ने चिज जति घसे । पम्पाले आइस्याडो लगाउँदै थिई, रानीले लिप ग्लस लगाउँदा । अनामिकाले सेता साँप्राभरि सनब्लक दल्दै गर्दा अर्पिताले आढैमा पुगेर चिमोटी र इसारा गरी । अनामिकाले लगाएको जिन्स कट्टुको जिप्पर खुलै रै’छ । त्यसपछि झ्याप्प दुईखुट्टा चेपेजस्तो गरेर झ्यालतिर फर्किई, अनि जिप्पर लगाई ।

मैले ल्यापटप, किताब र आइपोड ब्यागमा कोचें । केटीहरूका अगाडि लगाएको हापप्यान्ट खोल्न नमिलेपछि त्यहीमाथि जिन्स् प्यान्ट उनें । ट्रेन मडगाउँ जंसनमा आएर रोकियो । यात्रुहरू ट्रेनबाट भकाभक् ओर्लिन थाले । हामी पनि आ–आफ्नो लगेज लिएर झ¥यौं । मलाई चुरोटको तलतलले खुब सताएको थियो । चुरोट खाने अरू साथीलाई पनि त्यस्तै भएको रै’छ । प्लेटफर्ममा ओर्लनेबित्तिकै मैलेभन्दा पहिले उनीहरूले चुरोट सल्काए । हाम्रो ग्रुपका अन्य पाँच÷सातजनाले सल्काएपछि मैले पनि सल्काएँ ।

‘मलाई त दुईटा सल्काऊँजस्तो भा’को थियो,’ अर्पिताले चुरोटको लामो सर्को तानेर फुर्रर धुवाँ फाल्दै भनी ।
‘ट्रेनमा चुरोट खान ब्यान्ड गरेको नि राम्रै भो,’ रानीले हाँस्दै भनी, ‘केही सेकेन्ड त तिमीहरूको आयु बढ्यो ।’
‘तँ आफू चुरोट खाने भा’ भए थाहा हुन्थ्यो नक्कली,’ अर्पिताले जवाफ फर्काइहाली, ‘चुरोट खान नपाउनुको पीडा कस्तो हुन्छ भनेर ।’
हामी प्लेटफर्मबाट निस्केर गोआतिर लम्कियाैं ।
‘भास्को डे गामा बिच नजिकैको ‘होटल लोन्ली प्लानेट’मा बस्ने है हामी,’ चन्दनले भन्यो, ‘पोहोर मेरो दाइ आउँदा पनि म त्यहीं बसेको थियो रे †’
होटलमा पुगेर चार रातका लागि सातओटा कोठा बुक गर्यौं । एउटामा तीनजना र बाँकी सबैमा दुईजनाका दरले बस्ने गरी ।
चन्दन र मैले कोठा सेयर गर्ने भयौं ।

‘ढोका बन्द गरेर हल्का खाजा खान जाऊँ,’ रानीले भनी, ‘अनि ‘वाटर स्कुटरिङ’ गर्न जाउँला ।’
उसको कुरामा कसैको विमति भएन ।
‘आगे कफी खेते चलो,’ मैले भनें ।
‘डोन्ट वरी,’ रानीले भनी, ‘खाजा खाऊँ अनि सि–बिचतिर गएर कफी खाँदै चिसो पानीसित खेलौंला नि †’

०००

सबैले तात्तातो पुरी र छोलामटर हसुरेर भास्को डे गामा बिचतिर बत्तियौं । पानीका छालहरू जोरी खोज्दै आउँथे । किनारको सुकिलो बलौटे सतहमा आएर ठोकिन्थे । काँचको सोकेस फुटेजस्तै एकैखेपमा झरम्म हुन्थे अनि हारेको लुते कुकुरझैं टाङमुनि पुच्छर घुसारेर लुरुक्क परेर फर्किन्थे † घरिघरि छालहरू किनारतिर मुन्टिएर आउँदा भने मान्छेहरू पछि हट्थे । कोही–कोही जब्बरहरू चाहिँ लड्नै तम्सिन्थे, कन्दनी कसेर । वरिपरि देखिनेहरू धेरैजसो जोडी–जोडी थिए । पानीसँग खेलिरहेका कोही प्रेमी सँगै भएकी आफ्नी प्रेमिकालाई देखाउन पनि चाहन्थे– लौ हेर म कति तागतिलो छु, जाबो छाललाई त म यी यसरी गुटुमुटु पारिदिन्छु ।

केटा र केटी भएको ठाउँमा केही न केही व्यापार त पक्कै हुन्छ भन्ने ढुक्क भएर एउटा फिरन्ते कफी भइया कफी… कफी भन्दै चेट्ठिँदै आइपुग्यो ।
‘भाइसाप, कफी,’ हामीले कफी माग्यौं । मैले चुरोट सल्काएँ ।

‘कस्तो मज्जा है, अर्पिता ?’ मैले कफी सुर्काउँदै भनें, ‘कफी र चुरोट पिउँदै समुद्रको छाल हेर्न ।’
‘हो त है,’ उसले सही थाप्दै लाइटर मागेर चुरोट सल्काई ।
‘के हो हिरो,’ रानी फिस्स हाँस्दै भनी,
‘यहीँ बसेर चुरोट मात्रै खाने कि छाल पनि खान जाने ?’
‘पर्ख न कस्तो रमाइलो भइरा’छ,’ मैले पनि हाँस्दै भनें ।

‘….।’

सिराज, पम्पा, चन्दनहरू त अघि नै पसिसकेछन्, पानीमा । त्यसपछि हामी पनि स्विमिङ ट्रङ्क्स्÷कस्ट्युम उनेर पानीमा पस्यौं । अनि छालसँग पौंठेजोरी खेल्न थाल्यौं । हामीले एक घन्टाका लागि वाटर स्कुटर पनि भाडामा लिइसकेका थियौं । झ्याप्प पानीमा पस्दा अलिकति असामान्यजस्तो लागे पनि एकै छिनमा सामान्य अवस्थामा आइहालें म ।

उताबाट पानीको छाल आउँदा केटीहरू चिर्रर चिच्चाएको आवाजले झन् रमाइलो लाग्थ्यो । कोही कोही त डराएर आडमा भएका आफन्त वा साथीलाई च्याप्प समातेर जुकोझैं टाँसिन्थे । अनि छाल गइसकेपछि छुट्टिन्थे । उताबाट फेरि एउटा ठूलो छाल अजिंगरझैं आँऽऽऽ गर्दै आयो… । मैले निहुरिएर छलें ।

‘खोइ त अर्पिताहरू ?’ मैले सोधें ।
‘उ, पछाडि छे डरपोक,’ सवनमले देब्रेतिर औंल्याउँदै हाँसी ।
अलि परबाट लक्की वाटर स्कुटर चढेर आइपुग्यो । त्यसपछि बसन्तेको पालो रै’छ । ऊ चढ्यो अनि लिंगेपिङ खेलेझैं चचहुई गर्दै गहिराइतिर स्याँक्कियो ।
‘जाम् आऊ उता,’ लक्कीले मलाई भन्यो ।
‘नजाऊ ब्यारे,’ रानीले भनी, ‘हामी एक्लै हुन्छौं ।’
‘यति धेरै मान्छेको भीडमा,’ उसले भन्यो, ‘के नटखट गर्छौ नक्कलीहरू ।’
ऊ गयो । पानीले निथ्रुक्क रुझेका रानी र सवनम हेरिरहुँजस्ता देखिएका थिए । चन्दन नजिकै आइपुग्यो ।
‘कता चन्दन ?’ सवनमले सोधी ।
‘क्यामरा लिन जान लाग्या,’ उसले हौसिँदै भन्यो, ‘फोटो खिचेर फेसबुकमा अपलोड गर्नुपर्छ क्या । भोटेकोसीमा बन्जी हान्न ग’कालाई जलाउनुपर्यो नि †’
‘मेरो क्यामेरा नि ल्याइदेऊ है,’ मैले भनें, ‘कोठाको चाबी रिसेप्सनमै छ ।’
छिल्लिँदै पानीसँग खेल्दा खुब रमाइलो भइरहेको थियो । चन्दन क्यामेरा लिएर आइपुग्यो ।

‘हाम्रो फोटो खिच त पहिले,’ रानीले भनी । मलाई बीचमा पारेर सवनम र रानी छेउछेउमा उभिए । चन्दनले छाल आउँदै गरेको मौका छोपेर क्यामेराको सटर बटन खिचिक्क पा¥यो ।
‘खै हेरूँ ?’ सवनमले चन्दनतिर हात बढाई ।
‘तँ त खुब सेक्सी देखिएकी छेस् नि रानी,’ सवनमले जिस्काई ।
‘आफू नि,’ रानी मक्ख पर्दै टार्न खोजी ।

‘तिमीहरू दुवै एकदमै सेक्सी देखिएका छौ,’ भन्दै चन्दन दौडियो ।
‘अर्पिताऽऽऽ’ सवनमले केही पर भएकी अर्पितालाई बोलाई ।
अर्पिता र लक्की आइपुगे । विभिन्न पोजमा फोटो खिच्यौं ।
‘आमके खिते पेइचे,’ अर्पिताले भनी ।
‘हुन्छ,’ रानीले भनी ।
‘जाऊ लक्की सिराजहरूलाई बोलाएर आऊ,’ सवनमले भनी ।
ऊ गयो । हामी किनारतिर निस्कियौं । फोटो खिच्दै गर्दा सबै जम्मा भए ।

हामी होटल पुग्यौं । नुहाउने कार्यक्रम सकेर खाना खान निस्कियौं । होटेलबाट बाहिरिनेबित्तिकै समुद्रतिर हिँडेको एउटा पट्ठोले अर्पिताको छातीमा आँखा गाडेर हेर्यो । अलि पर पुगेपछि फर्केर पनि हेर्यो ।
‘के हो ?’ पम्पाले जिस्काई, ‘त्यसले त खुब लाइन मार्दै गयो नि †’
‘ह्या, जेपीटी नभन् न,’ ऊ हाँसी । हामीले पनि हाँसोमा हाँसो मिसायौं ।
‘उसको चिसो कपालले तान्यो होला नि मोरालाई,’ अनामिकाले भनी ।
‘ऊ राम्री पनि त छे नि †’ रानीले थपी,
‘अर्पितालाई कम ठानेका छौ तिमीहरूले ?’

‘….।’

हामी बसेको लोन्ली प्लानेटमा बास मात्र बस्ने गरी बुक गरेका थियौं । खानेकुरा अलि महँगो हुने भएकाले । बाहिर सस्तो हुन्थ्यो । एउटा रेस्टुरेन्टमा छिरेर दसजनाजतिले उसिनेको चामलको भात र समुद्रका मीठा माछा खायौं । बाँकीले सुक्खा रोटी खाए ।
‘साँझ टन्न दारु खानुपर्छ है,’ खाना खाएर निस्किँदा लक्कीले भन्यो ।
‘लोकल फेनी खाने त ?’ मैले सोधें ।

‘जसले एक पेग नि खान्न, उसैले के टन्न खानुपर्छ भन्छौ ?’ ऊ बोल्नुभन्दा पहिले सवनम बोली । लक्कीको मुखमा ट्याप्प बिर्को लाएझैं भो । ऊ केही बोलेन । फिस्स हाँस्यो । ऊ हाँस्दा गुट्काले अंगारजस्ता भएका दाँत देखिए ।
‘अब साइन्स् सिटी जाम् है,’ अर्पिताले प्रस्ताव गरी ।

तर, सबैको सहमति भएन । जाने र नजाने आधा–आधाजस्तै भयौं । रानी, म, अर्पिता, सवनम, चन्दन, सिराज र पम्पाचाहिँ साइन्स् सिटी जाने भयौं । बाँकीचाहिँ ‘ओल्ड गोआ’ जाने भए ।
‘आफ्नो ब्वाइफ्रेन्डलाई पनि छोड्दिन्छ्यौ अर्पिता ?’ मैले सोधें ।
‘सधैंलाई छोड्या हो र,’ उसले हाँस्दै भनी ।
बोबिल लजाएजस्तो गरेर हाँस्दै भन्यो,

‘हो नि ।’
त्यही मेसोमा अर्पिताले आफ्नो ओठको लेप्चे लक्कीको गालामा स्टिकरझैं टाँसिदिई । भर्खर लगाएको आलो लिपिस्टिकको गाढा डाम बस्यो †
हामीले थपडी बजायौं । रानीले पुलुक्क मतिर हेरी ।
‘के भो ?’ मैले आँखीभौं उचालेर सांकेतिक भाषामा सोधें ।
अलिकति लजाउ“दै मुन्टो हल्लाएर, ‘केही पनि भा’को छैन’ को संकेत गरी उसले ।

एक दिनका लागि मारुती भ्यान भाडामा लियौं र साइन्स सिटी अर्थात् जुरासिक पार्कतिर हान्नियौं । रमाइलो ठाउँ रै’छ, भित्रपट्टि । विज्ञानसम्बन्धी अनौठा–अनौठा प्रयोगका नमुनालगायत लोप भइसकेका डायनोसरका बारेमा विस्तृत जानकारी । म्युजियममा भन्दा बढी त पार्कमै रमायौं हामी ।

घाम डुब्नुअघि नै गोआ फर्किने योजना थियो हाम्रो । समुद्रको सनसेट हेर्नु थियो । त्यसैले, हतार–हतार मारुती चढेर फर्कियौं । फर्किंदा रानी र म एउटै सिटमा पर्यौं ।
‘एकदम रमाइलो भइरा’छ है,’ उसले भनी, ‘साँच्चै यति धेरै इन्जोए त फस्र्ट टाइम गर्दै छु ।’
मारुतीले अञ्जुना बिचनजिकै उतारिदियो हामीलाई ।
‘ऊ हेर त ठ्याक्कै आगोको डल्लोजस्तो घाम,’ रानीले सनसेटको दृश्यतिर इंगित गरी ।
मैले हतार–हतार क्यामरा झिकेर त्यो दृश्य कैद गरें । खुब मनमोहक थियो त्यो दृश्य ।
‘तिमीहरू दुवैजना उभिऊ त,’ सवनम नजिकै आइपुगी, ‘म फोटो लिइदिन्छु ।’

रानी र मेरो फोटो सनसेट हुँदै गर्दाको दृश्य पृष्ठभूमिमा राखेको फोटो अलि अँध्यारो आएछ । एन्टिलाइटका कारण । तर पनि राम्रो थियो ।
त्यसपछि सवनम हिँडी त्यहाँबाट, ‘म होटल पुगेर आउँछु ।’
‘अरू कता गए, खोइ ?’ मैले भनें, ‘एकछिन बस्दै गर ल म ऊ त्यो पसलबाट चुरोट किनेर ल्याउँछु ।’
‘किन ल्याउनुप¥यो चुरोट ?’ उसले सोधी ।
‘पिउन,’ मैले भनें, ‘यस्तो झम्के साँझको बेला कस्तो मज्जा आउँछ ।’
म हिँड्न लाग्दा मेरो हात समातेर तान्दै भनी, ‘म नि जान्छु ।’

उसले मेरो देब्रे पाखुरामा करेली हालेर समाई, मानौं भर्खरै बिहे गरेकी नौली श्रीमती हो ऊ, जो आफ्नो पतिलाई एकछिन पनि छोड्न मान्दिन ।
बाटोमा सवनम भेटिई, ‘कता ?’
‘तिम्लाई खोज्न,’ रानीले जवाफ दिई ।
‘बरु खोज्न त अर्पिता र लक्कीलाई पर्छ कि जस्तो छ,’ सवनमले हाँस्दै भनी, ‘थुप्रै बेर भो रे उनीहरू हराएको । दुवैको सेलफोन नि स्विच्ड अफ छ । के गर्न थाले, ह“ ?’
‘जे गरे नि आइहाल्लान् क्यार,’ उसको कुराले मलाई अलिकति हा“सो उठ्योे, ‘दुःख–सुखका गफ गर्दै होलान् कतै ।’
रानीले चाहि“ हाँसो थाम्नै सकिन ।
साँझ सबैजना जम्मा भएपछि तीन–तीनजनाको पाँचओटा ग्रुप बनायौं । घुम्न, डुल्न र खान सजिलो होस् भन्नका लागि । मेरो ग्रुपमा सवनम, रानी र म पर्यौं ।

०००

भोलिपल्ट चन्दन नउठ्दै म सि–बिचमा पुगें, स्वप्नीला गाङ्गुलीको डेब्यु नोबेल बोकेर । अनि कफी पिउँदै सनराइज हेरें । सूर्य उदाइसकेपछि तटमा बसेर पुस्तक पढ्न थालें । पानीका गतिमान छालहरू गोलपोस्टतिर भकुन्डो लिएर जाँदै गरेको खेलाडी जसरी किनारसम्म आउँथे । तर, किनारमा ठोक्किएपछि भने खेल हारेका खेलाडीझैं फर्किन्थे । म उपन्यासका पंक्तिहरूमा हराइरहेको थिएँ । पछाडिबाट कसैको नरम हातले मेरा दुवै आँखा छोपिदियो । ती रानीका थिए ।

रानी आडैमा बसी ।
‘चिया खाने ?’ मैले सोधें ।
नबोलीकनै मलाई हेरिरही उसले ।
‘किन हेरेको त्यसरी ?’ फेरि सोधें ।
‘हेर्न नि नपाउने ?’ ऊ बोली ।
‘मैले त्यसो भनें र ?’ मैले भनें ।
‘के मैले तिम्ले त्यसो भन्यौ भनेर भनें र ?’
‘त्यो त छैन ।’
‘अनि के त ?’
‘ऊ हेर त कति ठूलो छालयता आउ“दै छ,’ मैले उसको ध्यान समुद्रतिर लैजान खोजें । त्यसपछि चाहिँ उसको अनुहारमा अघिदेखि लागेको बादलको पर्दा फाट्लाजस्तो भो ।
‘दिउँसो एरोसिम बिचतिर जाने ल,’ उसले बच्चाले जस्तै गरी, ‘तिमी र म मात्रै ।’
‘अरूलाई नलाने ?’
‘नाइ ।’ उसले त्यसो भन्दा गालामा सानो डिम्पल प¥यो ।
‘उनीहरू कता जान्छन् त ?’ मैले जिस्काउँदै सोधें ।
‘जतासुकै जाऊन्, ड्याम केअर ।’ उसले भनी ।
‘त्यसो भए कफी खाम् न त ।’
‘हुन्छ ।’

हातमा कित्ली बोकेर कफी–कफी भन्दै हिँडेको एउटा ढाक्रेलाई ऊ आफैंले बोलाई । अर्डर पनि गरी । अनि कफी पिउँदै समुद्रका ठूल्ठूला छाल हेर्न थाल्यौं । हामीतिरै आउँदै गरेका ती छालको आकारमा बाघ, भालु, सिंह, जे कल्पना ग¥यो त्यही देखिन्थ्यो । साहित्य संसार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News