भिखारी संघको अध्यक्षको घरमा तीन लाख ! यसरी पर्यो फेला



विराटनगर, भदौ ५

डुबानमा परेका भिखारी संघ मोरङका अध्यक्ष महेश मण्डलको घरबाट रु तीन लाख १५ हजार रकम फेला परेको छ । विराटनगर–७ स्थित सिंघिया खोलाको बाढीले उहाँको घर भत्काएको थियो ।

सो घरलाई हिजो नेपाली सेना र सुरक्षाकर्मीको टोलीले सरसफाइ गर्ने क्रममा बोरामा राखिएका अवस्थामा सो रकम फेला परेको हो । अधिकांश नोट भिजेको अवस्थामा फेला परेको थियो । सोमध्ये एक हजारको नोट एक लाख नौ हजार बाँकी नोट रु ५०० र १०० को रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मगन्तेका रुपमा मण्डलले सो रकम संकलन गरेका हुन् । अशक्त अवस्थामा रहेको उनले एक्कासि बाढीको पानी घरभित्र प्रवेश गरेपछि सो नोटको बोरा निकाल्न नसकेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News